ad ad

कारोबार


दुई वर्षपछि देखियो सेयरबजारमा रौनक, किन्न हौसिए लगानीकर्ता

दुई वर्षपछि देखियो सेयरबजारमा रौनक, किन्न हौसिए लगानीकर्ता

नेपालखबर
असार ३०, २०८१ आइतबार १५:२७, काठमाडौँ

राजनीतिक समीकरण र सत्ता फेरबदलसँगै लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा सेयर खरिदलाई बढाएका छन्।

तरल राजनीतिक माहोलबीच लगानीकर्ता खरिदलाई लिएर उत्साहित बन्दा कारोबारसँगै सूचकले छलाङ मारेको हो। 

आइतबार नेप्से सूचक ५२.९७ अंकले बढेर २२५७.५९ अंकमा पुगेको छ। यो पछिल्लो २ वर्षयताकै उच्च हो। २०७९ जेठ ५ गते २२७४ अंकमा पुगेको नेप्से त्यसयता निरन्तर ओरालो लागेको थियो। 

करिब ३ वर्षदेखि निरन्तर बियरिस ट्रेन्डमा रहेको सेयरबजारमा पछिल्लो राजनीतिक अवस्थाले प्रभाव पार्दा सूचक उल्लेख्य रुपमा बढ्न पुग्यो।

सेयर लगानीकर्ताले रुचाएका अर्थमन्त्रीमा विष्णु पौडेल आउनसक्ने सम्भावनाका बीच लगानीकर्ताले दोस्रो बजारमा सेयर खरिदलाई बढाउँदा समग्र बजार हरियाली बन्न पुग्यो। 

आइतबार सूचक २२५७.५९ अंकमा पुग्दा लगानीकर्ताले ७ खर्ब ६२ करोड रुपैयाँको सेयर खरिदबिक्री गरेका छन्। आइतबार कारोबार खुल्दा नै खरिदचाप देखिएको बजारमा दिनभरजसो लगानीकर्ता सेयर किन्न नै झुम्मिएका थिए। 

जसले आज सूचकसहित कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य बढाउन पुग्यो। आज कारोबारमा आएका ३०९ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य बढ्दा ३६ कम्पनीको भने मूल्य घटन् पुग्यो। जसमा रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावरको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सर्किट लाग्यो भने जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो, अरुण भ्याली हाइड्रो लगायतका कम्पनीको सर्किट लेभलमै मूल्य बढ्न पुग्यो। 

घट्नेमा भने बलेफी हाइड्रोपावर, सप्तकोशी विकास बैंक अगाडि छन्। यी कम्पनीको ३ प्रतिशतभन्दा धेरैले मूल्य घटेको छ। 
बढ्दो बजारमा लगानीकर्ताले जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार गरेका छन्।

यो कम्पनीको २४ करोड को सेयर खरिदबिक्री गर्दा लगानीकर्ताले एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड रुपैयाँको कारोबार गरेका हुन्। समग्रमा आज लगानीकर्ताले साढे ७ अर्ब माथिको कारोबार गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .