‘मास आईटी आउटेज’को समस्या नेपालमा पनि देखिएको छ।
विश्वका एयरलाइन्स, बैंक तथा अन्य विभिन्न सेवामा असर पुगिरहेका बेला नेपालमा पनि माइक्रोसफ्ट ब्राउजर प्रयोग गर्ने बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, भुक्तानी सेवा प्रदायकलगायतलाई असर गरेको हो।
नेपालमा ब्राउज स्ट्राइक नामक एन्टिभाइरस प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस (एनसीएचएलमा पनि समस्या देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए।
उनका अनुसार अहिले समस्या समाधानको पहल भइरहेको छ।
‘मास आईटी आउटेज’ले प्रभावित भए विश्वका विभिन्न एयरलाइन्स, मिडिया र बैंकहरु
831
Shares
प्रतिक्रिया