उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।
आज शनिबार बिहान द्वारिकाज होटल पुगेर उनले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पुर्याएको योगदानको प्रशंसा गर्दै नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताए।
उनले श्रेष्ठका परिवारजनप्रति समवेदनासमेत पनि व्यक्त गरे।
श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहेकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो।
स्व श्रेष्ठको आजै पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जनाएको छ। रासस
24
Shares
प्रतिक्रिया