नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक अहिले चलिरहेको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आब्हान गरेको बैठकमा काटिएका उद्योगको लाइन जडान गर्ने एजेन्डामा छलफल भइरहेको हो।
मन्त्रालयका एक अधिकारीकाअनुसार बोर्ड बैठकमा उद्योगमा लाइन जोड्ने बारेमा छलफल भैरहेको छ। तर निष्कर्ष ननिस्किदा बैठक लम्बिएको छ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जामन्त्री, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योगी व्यवसायीलाई सँगै राखेर तत्काल विद्युत् लाइन जडान गर्न निर्देशन दिएका थिए। शुक्रबारै बसेको बोर्ड बैठकले लिखित निर्णय नआएसम्म काटिएको विद्युत जडान गर्न नसक्ने निर्णय गरेको थियो।
विद्युत नियमन आयोगले आइतबार विद्युत प्राधिकरणलाई उद्योगको लाइन जोड्न पत्र काटेको छ।
आइतबार नै संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले ९ वर्षदेखि विवादिन विषय भएकाले उद्योगको लाइन काटेर महशुल नउठ्ने बताएका थिए।
Shares
प्रतिक्रिया