ग्लोबल आईएमई बैंक लिमिटेडले पोखरा–३०,मोहोरियामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई सीसी क्यामेरा जडानमा सघाएको छ।
शनिबार बैंकले क्यामेरा जडानको लागि अस्पतालाई ५० हजार रुपैयाँ नगद सहयोग गरेको हो।
बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले अस्पतालका अध्यक्ष रमानाथ पौडेललाई सहयोग रकम हस्तान्तरण गरे। सिलवालले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सहयोग गरिएको जानकारी दिए।
अस्पतालका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका गण्डकी प्रदेश उपप्रमुख अजय थापा, बेगनासताल शाखाका प्रमुख दिनेश अधिकारी, अस्पतालका सचिव कृष्ण प्रसाद तिवारी, अस्पतालका सदस्यहरुलगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया