ad ad

कारोबार


२० दिनमा ८ खर्बले बढ्यो सेयर लगानीकर्ताको सम्पत्ति

२० दिनमा ८ खर्बले बढ्यो सेयर लगानीकर्ताको सम्पत्ति

धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताको सम्पत्ति १८ दिनमै ८ खर्ब रुपैयाँले बढेको छ (फाइनान्सियल एक्सप्रेस)


नेपालखबर
साउन ८, २०८१ मंगलबार १७:४८, काठमाडौँ

धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताको सम्पत्ति २० दिनमै ८ खर्ब रुपैयाँले बढेको छ। 

नेपाल स्टक एक्स्चेन्जका अनुसार यो अवधिमा ८ खर्ब ६० अर्ब रुपैयाँले लगानीकर्ताको सम्पत्ति बढेको हो। 

नेप्सेका अनुसार गत असार १२ गते ३२ खर्ब ६६ अर्ब १ करोड रुपैयाँ रहेको बजार पुँजीकरण साउन ८ गते ४० खर्ब ६७ अर्ब ४२ करोड रुपैयाँ पुगेको हो। 

यसअघि २०७८ मा नेप्सेले ३२ सय अंकको विन्दु छुँदै गर्दा बजार पुँजीकरण ४० खर्ब माथि पुगेको थियो। त्यसयता घटेर ३१ खर्बसम्म पुगेको पुँजीकरण पुनः बढेर ४० खर्बमा पुगेको हो। 

२०७८ भदौ ३ गते बजार पुँजीकरण ४१ खर्ब ४६ अर्ब १८ करोड रुपैयाँ पूँजीकरण रहेको थियो । तर यसपटकको वृद्धिमा भने नेप्से सूचकले २५ सय पार गर्दैगर्दा अघिल्लो पटकको पुँजीकरणलाई छोएको हो। सूचक २५ सय पार गर्दै गर्दा बजार पुँजीकरण ४० अर्बमाथि पुगिसकेको छ।

पछिल्लो २० दिनमा १४ दिन मात्रै नेप्से बढ्दा मात्रै पनि लगानीकर्ताको सम्पत्ति ८ खर्बले बढेको हो। 

यो अवधिमा सूचकमा भने ४ सय ८८ अंकले वृद्धि भएको छ। त्यस्तै कारोबार रकम समेत यो २० दिनमा ११ अर्बले बढेको छ। असार १२ गतेको तुलनामा साउन ८ गते पुँजीकरणमा मात्रै वृद्धि नभएर सूचक र कारोबारमा समेत उल्लेख्य वृद्धि देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .