त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान प्रभावित भएको छ।
११ः११ बजे सौर्य एयरलाइनसको जहाज दुर्घटनामा परेको थियो।
दुर्घटनाको केही समयमै बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान बंगलादेश एयरलाइन्सको जहाज अवतरण नगरी ढाका फर्किरहेको फ्लाइटराडार२४ ले देखाएको छ।
त्यसैगरी क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको एमएच१७० कलसाइनको जहाज पनि डाइभर्ट भएको विमानस्थलले जनाएको छ।
यता बैंककबाट आएको थाई एयरवेजको जहाज भने लामो समयदेखि होल्डिङमा छ।
3.7k
Shares
प्रतिक्रिया