सुन र चाँदी दुवै सस्तिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ४ सय र चाँदी ५५ रुपैयाँले सस्तिएको हो।
यसअनुसार आज छापावाल सुन १ लाख ४५ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन १ लाख ४७ हजार ४ सय, तेजाबी सुन १ लाख ४६ हजार ७ सय र चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन २ हजार ३७४ अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
735
Shares
प्रतिक्रिया