बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषमा परेको दबाबलाई दृष्टिगत गर्दै तथा मौद्रिक नीति र समष्टिगत नियामकीय व्यवस्थाहरुबीच थप सामञ्जस्यता ल्याउने नीति लिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने गरी वित्तीय सहजता ल्याएको हो।
पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नेछ। असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्नेछ।
कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरवलोकन गर्ने भएको छ। अहिले सेयरबजार, घरजग्गा खरिद विक्रीकोलागि जोखिमभार बढी राखेको छ।
विद्यमान आरपीपीको सीमालाई रु. २ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने भएको छ।
102
Shares
प्रतिक्रिया