ad ad

कारोबार


योजना आयोगका सदस्यको जिम्मेवारी बाँडफाँट, कसलाई के?

योजना आयोगका सदस्यको जिम्मेवारी बाँडफाँट, कसलाई के?

नेपालखबर
साउन २१, २०८१ सोमबार १६:५४, काठमाडौँ

राष्ट्रिय योजना आयोगका सदस्यको जिम्मेवारी बाँडफाँट भएको छ। नवनियुक्त ७ सदस्यलाई आयोगमा २२ मन्त्रालय र प्रदेशहरुको जिम्मेवारी बाँडफाँट गरिएको हो। 

योजना आयोगले १६औँ योजना ल्याइसकेको छ। कार्ययोजना भने बनाउन बाँकी छ। नियमित काम र योजना बनाउने सदस्यलाई मन्त्रालय र विषयगत जिम्मेवारी तोकिएको हुन्छ। 

जसअनुसार उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्रधानमन्त्री तथा मन्त्तिपरिषद्को कार्यालय, अर्थ, परराष्ट्र, गृह, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, वैदेशिक साहायता र बागमती प्रदेश हेर्छन्।  

प्रा. डा. आरपी विच्छाले स्वास्थ्य तथा जनसंख्या, ऊर्जा जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, अनुगमत तथा मूल्यांकन, विपद् जोखिम न्यूनीकरण र गण्डकी प्रदेशको जिम्मेवारी तोकिएको छ। 

डा. रमेश प्रसाद सिंहलाई सहरी विकास, सार्वजनिक निजी साझेदारी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र मधेश प्रदेश हेर्ने गरी कार्यविभाजन गरिएको छ। 

डा. प्रकाश कुमार श्रेष्ठलाई उद्योग वाणिज्य तथा आपूर्ति, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, तथ्यांक, आयोजना बैंक, लगानीसम्बन्धी, सञ्चार तथा सूचना प्रविधि, अध्ययन अनुसन्धान तथा अन्वेषण र कर्णाली प्रदेशको जिम्मेवारी पाएका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधि, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कोशी प्रदेशको जिम्मेवारी रहेको छ। डा. जय बहादुर टण्डन कृषि तथा पशुपन्छी विकास, खानेपानी, युवा तथा खेलकुद र लुम्बिनी प्रदेशको जिम्मेवारी पाउँदा गंगादत्त अवस्थीले संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सुदुरपश्चिम प्रदेशको जिम्मेवारी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .