एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ४ वटा कम्पनीको ११ लाख माथिको कित्ता लिलामीमा राखिएको छ।
बैंकले एकैपटक ती कम्पनीहरुबाट आफ्नो लगानी झिक्ने योजनाका साथ उक्त सेयर बिक्रीमा राखेको हो।
मंगलबार सूचना जारी गर्दै बैंकको स्वामित्वमा रहेको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यो कम्पनीको सेयर बैंकले प्रतिकित्ता १०१ रुपैयाँमा बिक्रीमा राखेको छ।
यस्तै बैंकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता सेयर प्रतिकित्ता ८३३ रुपैयाँका दरले बिक्रीमा राखेको छ।
योबाहेक सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१ हजार ८०५ कित्ता सेयर प्रतिकित्ता ३९९ रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९२ हजार ३४९ कित्ता सेयर प्रतिकित्ता १८५ रुपैयाँमा बिक्रीमा राखेको हो।
बैंकले निफ्राको सेयर भने न्युनतम मूल्यमै लिलामीमा राखेको हो।
उक्त सेयर सिमिति लगानीकर्तालेमात्रै किन्न पाउने व्यवस्था सहित आवेदन माग गरिएको छ।
जस्तो सिटिजनस इन्भेष्टमेन्टको बोलकबोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी मात्रै सहभागी हुन पाउनेछन् भने निफ्रा, सूर्योदय वोमी लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमा संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन्।
Shares
प्रतिक्रिया