ad ad

कारोबार


पारामाउन्टका इलेक्ट्रिक गाडी खरिद गर्न एनआईएमबी बैंकले सहुलियत ऋण दिने

पारामाउन्टका इलेक्ट्रिक गाडी खरिद गर्न एनआईएमबी बैंकले सहुलियत ऋण दिने

नेपालखबर
साउन २५, २०८१ शुक्रबार २१:४३, काठमाडौँ

नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले एनआईएमबी बैंकसँग साझेदारी घोषणा गरेको छ।

यो साझेदारीले नेपाली ग्राहकहरूलाई एमजी मोटर्सका इलेक्ट्रिक गाडीहरूलाई ८० प्रातिशतसम्मको वित्तीय सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

यस साझेदारीअन्तर्गत, एमजी इलेक्ट्रिक गाडीहरू, जसमध्ये एमजी जेडएस ईभी, एमजी ४ ईभी र एमजी कमेट ईभी गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले एनआईएमबी बैंकको कुनै पनि शाखाबाट सरल वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकले प्रतिस्पर्धी ब्याजदरमा ८० प्रतिशत सम्मको वित्तीय सहायता प्रदान गर्ने स्पष्ट पारेको छ।

एनआईएमबी बैंकले पर्यावरणमैत्री एमजी इलेक्ट्रिक गाडीहरूका लागि आकर्षक ब्याजदरसहितको अटो लोन प्रदान गर्नेछ, जुन आधार दरमा १.०० प्रतिशत प्रिमियम प्रति वर्ष जोडिएको हुनेछ। यो वित्तीय योजना नेपाली ग्राहकहरूका लागि यातायातमा सघाउने उद्देश्यले बनाइएको कम्पनीको भनाई छ।

केवल २० प्रतिशत अग्रिम भुक्तानीमा ग्राहकहरूले कुनै पनि एमजी इलेक्ट्रिक गाडी सुलभ मूल्यमा प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .