ad ad

कारोबार


लगानी बोर्डको सीईओका लागि मागियो आवेदन, के छन् योग्यता?

लगानी बोर्डको सीईओका लागि मागियो आवेदन, के छन् योग्यता?

नेपालखबर
साउन २८, २०८१ सोमबार १३:४५, काठमाडौँ

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन माग भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सीईओको लागि निवेदन दिन सूचना निकालेको हो। 

सूचनाअनुसार १५ दिनभित्र इच्छुक योग्यता पुगेकाले आवेदन दिन सक्नेछन्। 

सीईओ बन्न चाहनेको उमेर निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ। 

सीईओको शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्नेछ। 

त्यसैगरी विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र नलिएको, कानुनले अयोग्य नभएको र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि २०८१ को अनुसूची २ बमोजिम स्वघोषणा गरेको हुनुपर्नेछ। 

आवेदन दिनेले नागरिकताको प्रतिलिपि, योग्यता, अनुभव र सम्पर्क ठेगाना खुल्ने व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने प्रमाणको प्रतिलिपिसहित ५ हजार शब्दसम्मका नेपाली भाषामा तयार गरिएको रणनीति र कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। 

सीईओ बन्न चाहनेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक तथा भौतिक पूर्वाधार विकास महाशाखास्थित सिफारिस समितिको सचिवालयमा निवेदन बुझाउन सक्नेछन्। 

यस्तो छ सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .