ad ad

राजनीति


प्रस्तावित १८ राजदूतको सुनुवाइ प्रक्रिया भोलि सुरु हुने

प्रस्तावित १८ राजदूतको सुनुवाइ प्रक्रिया भोलि सुरु हुने

नेपालखबर
साउन २८, २०८१ सोमबार १३:४८, काठमाडौँ

सरकारले विभिन्न १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मंगलबार) सुरु हुने भएको छ।

प्रस्तावित राजदूतको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको ३३ औं बैठक बोलाइएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवन रहेको शंकर हलमा १२.१५ मा बस्नेछ।

बैठकले प्रस्तावित राजदूतबारे उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ।

सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छिन्।

त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ। प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .