ad ad

कारोबार


साविक सिभिल बैंकका सेयर लगानीकर्ताको ९ करोड अलपत्र, दाबी गर्न हिमालयनको आग्रह

साविक सिभिल बैंकका सेयर लगानीकर्ताको ९ करोड अलपत्र, दाबी गर्न हिमालयनको आग्रह

नेपालखबर
साउन २९, २०८१ मंगलबार ११:६, काठमाडौँ

हिमालयनमा मर्ज हुनुपूर्वका सिभिल बैंकका निक्षेपकर्ता तथा सेयर लगानीकर्ताको ९ करोड रुपैयाँ अलपत्र परेको छ।

मर्जरपछि भनेको हिमालयन बैंक लिमिटडले मंगलबार सूचना जारी गर्दै सो रकममा दाबी गर्न लगानीकर्ता तथा निक्षेपकर्तालाई आग्रह गरेको छ। 

साविकको सिभिल बैंकमा २०५० देखि २०७५ सालसम्म खाता निष्क्रिय भइसकेका र निक्षेप लिन नआएका ग्राहक र लभांश लिन नआएका लगानीकर्तालाई रकम दाबी गर्न आह्वान गरिएको हो। 

यो २५ वर्षमा सेयर लगानीकर्तालाई बैंकले लभांशबापत दिएको ९ करोड ७० लाख १७ हजार १७४ रुपैयाँ भुक्तानी हुन बाँकी छ।

बैंकले वितरण गरेको लाभांश रकम तथा बोनस सेयर प्राप्त गर्न नसकेका सेयरधनीले आफूसँग भएका कागजपत्रसहित बैंकको सेयर प्रबन्धक हिमालयन क्यापिटल कमलपोखरीमा उपस्थित हुन भनेको हो।

यस्तै डिम्याट अध्यावधिक गरी सेयर तथा लाभांशमा दाबी गर्न पनि बैंकले आग्रह गरेको छ।

निक्षेपकर्ताको हकमा भने बैंकको शाखा कार्यलयमा कागजातसहित सम्पर्क गर्न भनिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .