ad ad

कारोबार


४ अर्ब लगानीमा कजारिया रमेश टायल्स लिमिटेडले सञ्चालनमा ल्यायो कारखाना

४ अर्ब लगानीमा कजारिया रमेश टायल्स लिमिटेडले सञ्चालनमा ल्यायो कारखाना

नेपालखबर
साउन २९, २०८१ मंगलबार १६:५८, भैरहवा

कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) समारोहको सफलतापूर्वक उद्घाटन गरेको छ।

कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्धनिर्देशक अशोक कजारियाको प्रमुख उपस्थिति रहेको कार्यक्रममा अन्य विशिष्ट अतिथिहरू पनि सहभागी थिए। 

बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कार्यक्रममा सहभागी हुँदै कजारिया रमेश टायल्स लिमिटेड परिवारलाई शुभकामना तथा बधाई दिएका थिए। 

अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्स लिमिटेडलाई बजारको मागअनुसार व्यापक दायरामा उत्पादन गर्नेछ भने उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुने कम्पनीको दाबी छ। यसका कारण नेपालमा उच्च गुणस्तरका टायलको मागपूर्तिसँगै मूल्य सहज हुँदा उपभोक्ता समेत लाभमा रहने अपेक्षा कम्पनीको छ।

‘नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको प्रति हामी निकै गौरवान्वित भएका छौँ’, कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्धनिर्देशक अशोक कजारियाले भने, ‘यो अत्याधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ, जसले नेपालको बढ्दो बजारलाई अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ।’

कजारिया रमेश टाइल्स लिमिटेडका अध्यक्ष प्रतिक जलानले नयाँ उत्पादन कारखानाको उद्घाटनबाट हर्षित भएको बताए। 

उनले भने, ‘यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो। मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेका छौँ।’ 

कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो।

यसै सहकार्यमार्फत नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ। 

स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने कजारिया रमेश टायल लिमिटेडले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्वाकांक्षा लिएको छ। नवलपरासीस्थित कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्नेछ।

कारखाना निर्माणका लागि गरिएको ४ अर्ब नेपाली रुपैयाँको लगानीले अर्थतन्त्रलाई प्रोत्साहन दिनेछ र विश्वस्तरीय कजारिया टायलहरू सस्तो मूल्यमा उपलब्ध गराउनेछ। 

कारखानाले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय वृद्धि गर्नुका साथै हजारौं रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा कम्पनीले लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .