सीवाईसी लघुवित्तको नाफा यो वर्ष घटेको छ।
अघिल्लो आर्थिक वर्षमा ४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले गतवर्ष ३ करोड ८० लाख रुपैयाँ मात्रै नाफा कमाएको हो।
अघिल्लो वर्षको तुलनामा यो वर्ष लघुवित्तको नाफा १८.४७ प्रतिशतले घटेको हो।
नाफा घटेको यस कम्पनीले वितरणयोग्य नाफा भने २ करोड ९७ लाख रुपैयाँ रहेको हो।
योबाहेक कम्पनीले खराबकर्जा रेसियो ४.९५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष २.९६ प्रतिशतमा रहेको यस्तो रेसियो यो वर्ष बढेको हो।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १४.३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २२२.६९ रुपैयाँ रहेको छ।
84
Shares
प्रतिक्रिया