ad ad

कारोबार


भैरहवा र पोखरा विमानस्थलमा उडान भर्ने कम्पनीलाई निगमले प्रतिकिलोलिटर १०० डलर छुट दिने

भैरहवा र पोखरा विमानस्थलमा उडान भर्ने कम्पनीलाई निगमले प्रतिकिलोलिटर १०० डलर छुट दिने

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १३:३७, काठमाडौँ

नेपाल आयल निगमले भैरहवा र पोखरा विमानस्थलको हवाइ ढुवानीमा छुट दिएको छ।

बिहीबार बसेको बोर्डको सञ्चालक समिति बैठकले प्रतिकिलोलिटर इन्धनमा १०० डलर छुट दिने निर्णय गरेको हो। 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको थियो। जसअनुसार निगमले लागत मूल्यबराबरको हवाइ इन्धनमा छुट दिनलागेको हो। 

‘बिहीबार बसेको बोर्डको बैठकले प्रतिकिलोलिटरमा १०० डलर छुट दिने निर्णय गरेका छौँ’, वाणिज्य सचिव तथा नेपाल आयल निगमका बोर्ड अध्यक्ष मधुसुदन बुर्लाकोटीले नेपालखबरसँग भने, ‘भैरहवा र पोखरामा औसत लागत मूल्यअनुसार १०० डलर छुट दिने निर्णय गरेका हौँ।’

उनले भैरहवाको तुलनामा पोखरामा इन्धनको लागत फरक भए पनि औसत मानेर १०० डलर छुट दिने निर्णय भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .