सिद्धार्थ बैंकको ८१ हजार ५ सय ७० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
बैंकका दुई ठूला सेयरधनी बैंकबाट बाहिरिने भएपछि उनीहरुको स्वामित्वको सेयर लिलामीमा राखिएको हो।
बैंकले राजेश्वर श्रेष्ठको स्वामित्वमा रहेको ४० हजार कित्ता सेयर र पान बहादुर गुरुङको स्वामित्वमा रहेको ४१ हजार ५ सय ७० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।
बैंकले पहिलोपटक सूचना निकाल्दै आफ्नै संस्थापक सेयरधनीहरुबाट आवेदन माग गरेको छ।
३५ दिने सूचना निकाल्दै बैंकले सेयरधनीहरुबाटै आवेदन माग गरेको हो। सेयरधनीले नकिनेको खण्डमा भने बैंकले उक्त सेयर सर्वसाधारण तथा संस्थाहरुले आवेदन दिनमिल्ने गरी आवेदन खुला गर्नेछ।
1.7k
Shares
प्रतिक्रिया