सिजी मोटर्सले नाडा अटो सोमा साढे ७ सय गाडी बुकिङ भएको दाबी गरेको छ। ५ ब्रान्डका ३९१ प्यासेन्जर भेहिकल र २ ब्रान्डका ३८५ कमर्सियल गाडी बुकिङ भएको दाबी सिजी मोटर्सले गरेको हो।
भदौ ११ देखि १६ गतेसम्म चलेको अटो सोमा सिजी मोटर्सका अनुसार सबैभन्दा बढी नेटाका भएका छन्।
नेटा एक्सको ११५, नेटा भी ८६, अवतार २२,एकेसपेङ ५७ र रिडरा ५७ रहेको सिजी मोटर्सले उल्लेख गरेको छ। कमर्सियल तर्फ केवाईसी २५५ र किङलङ १८० बुकिङ भएको कम्पनीले जनाएको छ।
नाडा अटो सोमा सिजी मोटर्सले अवतार, एक्सपेङ र रिडरा नयाँ ब्रान्डको रूपमा प्रदर्शनमा राखेको थियो।
39
Shares
प्रतिक्रिया