ad ad

राजनीति


स्वास्थ्य कूटनीतिका लागि मलाई जर्मनमा सिफारिस गरियो : प्रस्तावित राजदूत रुपाखेती

स्वास्थ्य कूटनीतिका लागि मलाई जर्मनमा सिफारिस गरियो : प्रस्तावित राजदूत रुपाखेती

नेपालखबर
भदौ १६, २०८१ आइतबार २२:३, काठमाडौँ

जर्मनका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले सरकारले स्वास्थ्य कूटनीतिलाई जोड दिएको बताएका छन्।

चिकित्सक समेत रहेका उनले सरकारले कोभिड १९ पछि स्वास्थ्य कूटनीतिलाई महत्त्व दिएकाले आफूलाई पनि राजदूतको रुपमा सिफारिस गरेको हुनसक्ने दाबी समेत गरे। 

‘हेल्थ डिप्लोमेसी कोभिड १९ पछि अझ बढी सशक्त रुपमा संसारभरी नै आएको कारणले गर्दा मलाई पनि हाम्रो सरकारले त्यसै अनुरुप राजदूतको रुपमा नियुक्त गरेको हुनुपर्छ,’ उनले जवाफका क्रममा भने, ‘जर्मनी विभिन्न सम्भावनाहरु भएको देश हो। जर्मनमा मेरो बुबा र मैले पनि भोलेन्टियर्स भएर पनि काम गरेको हुनाले जर्मनीले नेपाललाई जहिले पनि आत्मीय साथीको रुपमा लिन्छ।’

आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रश्तावित राजदुत रुपाखेतीले संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनले पनि स्वास्थ्य कूटनीतिलाई महत्त्वपूर्ण कूटनीतिको रुपमा उल्लेख गरेको तथ्य पनि स्मरण गराए।

प्रस्तावित राजदूुत रुपाखेतीले नेपालमा विदेशी पर्यटक बढाउनका लागि हवाई सुरक्षामा आश्वस्त बनाउनका लागि आफूले कूटनीतिक प्रयासमा बढावा दिने योजना पनि सुनाए।

‘यूएनले अहिले हेल्थ डेभलोमेसी चाहीँ सबभन्दा इम्पोटेन डिप्लोमेसीको रुपमा प्रादुर्भाव गरेको छ। र हेल्थ डिप्लोमेसीबाटै फरेन पोलिसी, दिगो विकासलगायतका पोलिसीहरु हेल्थ डिप्लोमेसीसँग रिलेटेड भएको हुनाले अब डाक्टरहरूलाई विभिन्न देशले राजदूतको रुपमा नियुक्त गर्ने कामलाई विभिन्न देशले बढावा दिनेछ भन्ने मलाइ लाग्दछ,’ उनले भने। 

प्रस्तावित राजदूत रुपाखेतीले जर्मनले नेपाललाई आत्मीय मित्रको रुपमा व्यवहार गर्ने गरेको आफूले पाएकाले यहाँको विकासमा लागि थप सहयोग जुटाउन पनि आफू सफल हुने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .