ad ad

कारोबार


गत वर्ष १० करोड डलर लगानी गरेको आईएफसीले यस वर्ष थप विस्तार गर्ने

गत वर्ष १० करोड डलर लगानी गरेको आईएफसीले यस वर्ष थप विस्तार गर्ने

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरी भेट गर्दै।


नेपालखबर
भदौ २५, २०८१ मंगलबार १५:४, काठमाडौँ

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकरी दिएका हुन्। 

आईएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो। 

क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आईएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 

सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .