ad ad

राजनीति


कांग्रेस–एमालेलाई रास्वपाको चेतावनी : आफूले खनेको खाल्डोमा आफैँ परिएला

कांग्रेस–एमालेलाई रास्वपाको चेतावनी : आफूले खनेको खाल्डोमा आफैँ परिएला

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८१ मंगलबार १३:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारुढ गठबन्धनले तयारी थालेको भन्दै यो विषय मान्य नहुने बताएको छ। 

उपसभामुख रानाबारेको खबर सुनेको जानकारी संसद्मा गराउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख दलहरूले सल्लाह गरेर लोकतन्त्र मार्ने काम गर्न थालेको स्पष्ट पारे। 

‘हामीले खबर मात्रै सुनेका छौँ। संख्याको नाममा मात्रै यो राज्य चल्छ भन्ने तपाईंहरूको बुझाई हो भने, जनताको सार्वभौम सत्ताको अगाडि कुनै पनि सत्ता संसारमा चलेको छैन,’ सांसद परियारले भने। 

उनले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउनका लागि उपसभामुखलाई हटाउने प्रस्ताव अघि बढाउन लागेको बताए। 

‘के राजनीतिक पार्टीहरू कुन संस्थालाई निकम्मा बनाउने भनेर सल्लाह गर्ने हो। लोकतन्त्रमाथि धावा नबोल्नुस्। रास्वपाले निरन्तर लोकतन्त्रका लागि काम गर्ने छ,’ उनले भने, ‘लोकतन्त्रलाई सल्लाह गरेर मारिन्छ भने रास्वपालाई विश्वास छ नेपाली जनताहरू लोकतन्त्रका लािग सडकमा आउनेछन्।’

उनले कांग्रेस–एमालेले आफैँले खनेको खाल्डोमा आफैँ पर्ने चेतावनी पनि दिए। 

‘यसरी लोकतन्त्रलाई मार्ने र संवैधानिक अधिकार हनन गर्ने प्रयास गरिन्छ भने स्मरण रहोस् तपाईंहरू आफैँले खनेको खाल्डोमा आफैँ पर्नुहुनेछ। आज सहज होला, भोलि तपाईंलाई नै अप्ठेरो पर्ला,’ मंगलबार संसद् बैठकमा परियारले भने। 

अहिलेको सरकार लोकतन्त्रमाथि आक्रमण गर्न अघि बढेको उनले बताए। 

‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने कुरा राजनीतिक पार्टीबीच बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि मान्य हुँदैन। आज सम्मानित पदलाई एउटा परिषद्मा बहुमत पुुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिया भन्ने दलहरू गुपचुपमा सल्लाह गरेर पदबाट  हटाउने तयारी गर्दै हुनुहुन्छ, स्मरण रहोस् रास्वपाले एउटा राजनीतिक मुद्दा गुमाउला, यो देशले सम्मानित पद गुमाउला तर लोकतन्त्रको लागि रास्वपा सधैँ जनताको पक्षमा लड्नेछ,’ परियारले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .