ad ad

कारोबार


नेप्सेको गिरावटमा लागेन ‘ब्रेक’, ७ दिनदेखि पाएन ‘सपोर्ट’

नेप्सेको गिरावटमा लागेन ‘ब्रेक’, ७ दिनदेखि पाएन ‘सपोर्ट’

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १५:२३, काठमाडौँ

सेयरबजार मंगलबार थप १३ अंकले ओर्लिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा आइपुगेको हो। 

यसअघि सोमबार ५५.८६ अंकले, आइतबार २५.४६ अंकले, अघिल्लो हप्ता बिहीबार १२.१० अंकले घटेको थियो। 

०.४९ प्रतिशतले घटेको बजारमा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। 

आजको कारोबारमा ६७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। मानुषी लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाउँदा थ्रि स्टार हाइड्रोपावर लिमिटेडका सेयरधनीले ९.९० प्रतिशत, अपर स्यांग्ये हाइड्रोका सेयरधनीले ७.५४ प्रतिशत कमाएका छन्। 

गिरावटतर्फ सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ का लगानीकर्ताले सबैभन्दा धेरै ८.८२ प्रतिशत, स्वरोजगार लघुवित्तका सेयरधनीले ५.९१ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीका सेयरधनीले ४.७३ प्रतिशत गुमाएका छन्। 

सर्वाधिक कारोबारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको प्रोमोटर सेयर २९ करोड ८१ लाख, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७६ लाख र सीईडीबी हाइड्रोको २० करोडको मात्र कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .