काठमाडौंको एक गेस्ट हाउसमा एक पुरुष मृत फेला परेका छन्।
काठमाडौं महानगरपालिका-११, भोटेबहालस्थित नीलगिरि गेस्ट हाउसमा सर्लाहीको हरिपुर नगरपालिका-८ घर भएका ६५ वर्षीय शशिकुमार लाल कर्ण मृत फेला परेका हुन्।
यस्तै काठमाडौं, कीर्तिपुरमा पनि एक महिला मृत फेला परेकी छन्।
कीर्तिपुर नगरपालिका-१०, सुन्दरीघाटस्थित बाग्मती नदी किनारमा महिलाको शव फेला परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।
अन्दाजी ४५ वर्षीया महिला सोमबार मृत परेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। ती महिलाको पहिचान भने खुल्न सकेको छैन।
111
Shares
प्रतिक्रिया