ad ad

कारोबार


शुक्रबार इतिहासकै सर्वाधिक महँगो बनेको सुनको मूल्यमा आज गिरावट

चाँदी पनि सस्तियो
शुक्रबार इतिहासकै सर्वाधिक महँगो बनेको सुनको मूल्यमा आज गिरावट

नेपालखबर
असोज १३, २०८१ आइतबार १०:५९, काठमाडौँ

शुक्रबार इतिहासकै सर्वाधिक महँगो बनेको सुनको मूल्यमा आज केही गिरावट आएको छ। आज सुन तोलामा ६ सय रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ६० हजार ६ सयमा झरेको छ। गत शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो। यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

गत साता लगातार बढेको सुनको मूल्य आज घटेको हो।

आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँ घटेर एक हजार ९ सय ४५ रुपैयाँमा झरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .