ad ad

समाज


झ्याप्लेखोलामा २ वटा बस पहिरोले पुर्‍यो, १४ जनाको शव निकालियो

झ्याप्लेखोलामा २ वटा बस पहिरोले पुर्‍यो, १४ जनाको शव निकालियो

नेपालखबर
असोज १२, २०८१ शनिबार २०:३८, काठमाडौँ

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिबेँसी नगरपालिका–९, झ्याप्ले खेलामा पहिरोले पुरिएका दुईवटा सार्वजनिक सवारी साधनबाट १४ जनाको शव निकालिएको छ। 

पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको अर्को बसबाट ९ जना गरी १४ जनाको शव निकालिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .