ad ad

कारोबार


वृहत्तर लुम्बिनीको अवधारणा अघि बढेको छः मन्त्री भट्टराई

वृहत्तर लुम्बिनीको अवधारणा अघि बढेको छः मन्त्री भट्टराई

नेपालखबर
फागुन २८, २०७६ बुधबार ९:४,

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताएका छन्।

लुम्बिनी विकास कोष परिषदको बैठकमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी क्षेत्रका स्थानीयहरुको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने बताए।

अब लुम्बिनी भनेर मात्रै नपुग्ने भएकाले वृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडि बढेको उनले बताए। लुम्बिनी घुम्न आउने पर्यटक र अध्ययन गर्न आउनेहरुले कम्तिमा पनि ३ दिनदेखि हप्तादिनसम्म बस्ने वातावरण भएमा त्यहाँका स्थानीयको आय शक्ति बढ्ने र रोजगारीको सिर्जना हुने उनले बताए।

‘बृहत्तर लुम्बिनी भयो भने मात्रै त्यहाँको आर्थिक, सामाजिक जीवनलाई लुम्बिनीले प्रभाव पार्छ। त्यहाँका स्थानीयको आय, क्रयशक्ति बढ्दैन, उनीहरुको उत्पादन बढ्दैन, उनीहरुले रोजगारी पाउँदैनन् र कुनै पनि आर्थिक कृयाकलाप उहाँहरुसँग सम्बन्धित हुँदैन भने लुम्बिनी हुनुको मतलब हुँदैन र स्थानीयले अपनत्व गर्न सक्दैनन्’, उनले भने।

मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीले त्यस क्षेत्रको पर्यटन व्यवसाय र कृषि उत्पादनमा बृद्धी गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बताए। लुम्बिनी क्षेत्रको भ्रमण र अध्ययन गर्न आउनेहरु आफूले चाहेजति समय त्यहाँ बस्न सक्ने र अध्ययन गर्न सक्ने वातावारण निर्माण गर्नुपर्ने उनले बताए।

लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडि बढ्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .