ad ad

समाज


‘कोरोना भाइरस हावामा ३० मिनेट बाँच्छ, साढे ४ मिटरसम्म फैलन्छ’

‘कोरोना भाइरस हावामा ३० मिनेट बाँच्छ, साढे ४ मिटरसम्म फैलन्छ’

नेपालखबर
फागुन २८, २०७६ बुधबार ९:२,

चीन सरकारको महामारीविज्ञको समूहले गरेको नयाँ अध्ययनमा कोरोना भाइरस ‘कोभिड–१९’ हावामा ३० मिनेटसम्म बाँच्ने र यस भाइरस साढे ४ मिटरसम्म फैलने देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यस्तै अध्ययनमा सामान्यतया जमीनमा कोरोना भाइरस एक दिनसम्म बाँच्ने बताइएको छ। कोरोना संक्रमित व्यक्तिले छोएको, बसको र उसको शरीरबाट निस्कने ¥यालजन्य पदार्थबाट कोरोना संक्रमणको जोखिम भएको पनि अनुसन्धानकर्ताले बताएका छन्।

कोरोना भाइरस जमीनमा कति बाँच्ने भन्ने त्यो तापक्रमले निर्धारण गर्ने पनि अनुसन्धानमा उल्लेख गरिएको छ।

३७ डिग्री सेल्सियस अथवा ९८ फरेनहाइटको तापक्रममा कोरोना भाइरस दुईदेखि तीन दिनसम्म बाँच्छ।

गिलास, कपडा, फलाम, प्लास्टिक र कागजमा कोरोना भाइरस दुई तीन दिन बाँच्ने बताइएको छ।

हुनान प्रान्तमा गरिएको अध्ययनपछि अनुसन्धान सार्वजनिक गरिएको हो। उक्त अनुसन्धानमा गत जनवरी २२ मा एक व्यक्तिबाट कसरी कोरोनाको संक्रमण भयो भन्नेबारे पनि उल्लेख छ।

निश्कर्षमा अनुसन्धानकर्ताले साढे ४ मिटरसम्म कोरोनाको संक्रमण देखिने बताएका छन्। चार घण्टाको अवधिमा कोरोना संक्रमित ती व्यक्तिले बसमा चढेका ४८ मध्ये कैयौंलाई कोरोनाको संक्रमण सारेका थिए।

अनुसन्धानकर्ताले कोरोनाबाट बच्न मास्क लगाउनु र हात धुनुको बिकल्प नभएको बताएका छन्। उनीहरुले कोरोना संक्रमणको लक्षण देखिएका मानिसबाट दुरी व्यवस्थापन गर्न पनि आग्रह गरेका छन्।

यो पनि:

चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल पुग्नुको अर्थ

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .