ad ad

कारोबार


उद्योगी भन्छन्: ग्यास भर्न सिलिण्डर पाएनौं

उद्योगी भन्छन्: ग्यास भर्न सिलिण्डर पाएनौं

नेपालखबर
चैत ३, २०७६ सोमबार १२:३०,

कोरोना भाइरसको त्रासले उपभोक्ताले नयाँ सिलिण्डर लिई घरमा अत्याधिक मात्रामा थुपारेको कारण ग्यास अभाव भएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएकाे छ। घरघरमा सिलिण्डर थुप्रिएकोले उद्योगहरुमा ग्यास भएर पनि भर्न नपाएको संघले जानकारी दिएकाे हाे।

राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले ग्यास विक्रेताहरुलाई खाली सिलिण्डर लिएर मात्रै ग्यास वितरण गर्न समेत आग्रह गरेको छ। भारतबाट ग्यासको आयत विगत भन्दा बढी भइरहेकाे स‌ंघकाे भनाई छ। केही दिन अघिदेखि ग्यासको माग ह्वात्तै बढेकाे र माग अनुसार नै ग्यास विक्रेताहरुले पनि बेचेका तर अहिले उद्योगमा कम मात्रामा सिलिण्डर आइरहेको संघका अध्यक्ष गोकुल भण्डारीले बताए।

आम उपभोक्ताको हितलाई ध्यानमा राखि विगतका दिनमा जस्तै नेपाल सरकार तथा सरोकारवाला निकाय समेतको सहयोगमा ग्यासको आपूर्ति व्यवस्था सहज गर्न संघ प्रतिवद्ध रहेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .