ad ad

कारोबार


बीमा रकममा १५ दिनसम्म ब्याज नलाग्ने

बीमा रकममा १५ दिनसम्म ब्याज नलाग्ने

नेपालखबर
चैत १०, २०७६ सोमबार १३:९,

बीमा समितिले सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनसम्म बाँकी किस्तामा ब्याज नलिने जनाएको छ।

विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द भएको अवस्थामा सो अवधिभरका लागि बीमा समितिले यस्तो सुविधा दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएकाे हाे।

बीमा समितिद्वारा जारी सूचनामा ‘निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त हुनअघि नै वीमितलाई पर्याप्त सूचना उपलब्ध गराई सुसूचित हुने व्यवस्था गर्न साथै बीमालेख जारी गर्दा वा नविकरण गर्दा जुनसुकै माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था गर्न’ भनेको छ।

यस्तै, जीवन बीमा कम्पनीहरु तर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न’ निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .