ad ad

कारोबार


लकडाउनले अलपत्र पर्यटकको उद्धार आजबाट, तारा र बुद्धका जहाजले लिए अनुमति

लकडाउनले अलपत्र पर्यटकको उद्धार आजबाट, तारा र बुद्धका जहाजले लिए अनुमति

वसन्त अर्याल
चैत १३, २०७६ बिहिबार ७:१२,

सरकारले लकडाउनका कारण अलपत्र परेका पर्यटकलाई आजदेखि हवाइ यातायातबाट उद्धार गर्ने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधबार पर्यटकलाई उद्धार गरी आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेको हो।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा मार्च महिनासम्म हवाइ मार्गबाट आएका तर अध्यागमनको रेकर्डअनुसार स्वदेश फर्किन बाँकी विदेशीहरुको संख्या करिब १० हजार छ। तीमध्ये धेरै पर्यटक रहेका छन्।

‘हामी आजबाट उद्धार गर्दै छौँ’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययले नेपालखबरसंग भने, ‘जो जहाँ छ, त्यहाँबाट जहाजमार्फत काठमाडौं ल्याउँछौं।’

उनले काठमाडौंमा ल्याइएका पर्यटकलाई होटलमा क्वारेन्टाइनमा राख्ने जानकारी दिए।

‘कुन पर्यटक कहाँ छन्, पहिचान हुँदै छ। आज हामीलाई जहाँ जहाँबाट जानकारी आउँछ, त्यसैअनुसार उद्धार गर्छौँ’, उपाध्यायले नेपालखबरसँग भने ।

तर देशका विभिन्न ठाउँबाट उद्धार गरेका पर्यटकलाई कहिले स्वदेश फर्काउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए बताए। कति पर्यटक कहाँ छन् भन्ने नै स्पष्ट नभएको उनले जानकारी दिए।

पर्यटकलाई विमान नमिल्दासम्म एयरपोर्ट नजिकैको होटलमा क्यारेन्टाइनमा राख्ने र खर्च पनि उनीहरुले नै तिर्नुपर्ने मन्त्रालयको बताएको छ।

तारा र बुद्ध एयरले अलपत्र पर्यटकको उद्धार गर्दै
यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकको उद्धारको लागि दुई जहाजले अनुमति लिएको बताएको छ। सरकारले विदेशी पर्यटकलाई आजबाट उद्धार गर्ने निर्णय गरेसँगै पर्यटकको उद्धार हुनलागेको हो।

buddha air udan

‘बुद्ध एयरले काठमाडौं–पोखरा– काठमाडौंको लागि आनुमति मागेको छ’, उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपालखबरसँग भने, ‘तार एयरले पनि काठमाडौं–लुक्ला–काठमाडौं उडानको लागि अनुमति लिएको छ।’
विदेशी नागरिकलाई उद्धार गर्नको लागि उक्त जहाजले अनुमति माग गरेको क्षेत्रीले बताए।

पोखरा, मुस्ताङ घुम्न गएका पर्यटकलाई बुद्ध एयरमार्फत काठमाडौं आउँदै छन् भने सगरमाथा क्षेत्रमा गएका पर्यटकलाई तारा एयरमार्फत उद्धार हुँदै छ।

ती पर्यटकलाई काठमाडौंमा ल्याएर होटलमा क्यारेन्टाइमा राख्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार निर्णय गरेको थियो। तर सरकारले उद्धार गरेर काठमाडौं ल्याएका पर्यटकले होटलमा बसेको खर्च आफैँ व्यहोर्नुपर्नेछ।

लकडाउनका कारण अलपत्र परेका पर्यटकलाई सम्बन्धित देश पठाउनको लागि काठमाडौं ल्याइन लागेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।

‘उद्धार गरिएका पर्यटकलाई कसरी पठाउने भन्ने विषयमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिरहेका छौं’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययले भने, ‘छिटै प्रक्रिया पुर्याएर स्वदेश फिर्ता पठाउँछौं।’

दक्षिण कोरियाले नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि कोरियन एयर पठाएर आफ्ना नागरिकलाई स्वदेश लगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .