ad ad

कारोबार


सनराइज बैंकद्वारा सेनालाई पीपीई सहयोग

सनराइज बैंकद्वारा सेनालाई पीपीई सहयोग

नेपालखबर
चैत १८, २०७६ मंगलबार १०:३६,

सनराइज बैकले नेपाली सेनाको सैनिक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पीपीई हस्तान्तरण गरेको छ।

बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालिस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागर बहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीलाई ति सामग्री हस्तान्तरण गरेका हुन्।

बैकले ७० थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई सहयोग स्वरुप उपलब्ध गराएको हो। त्यसमा ५० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने र २० थान पुनः प्रयोग गर्न सकिने प्रकारका छन्।

त्यसैगरी, पञ्जा, मास्क लगायतका सामग्री पनि बैकले उपलब्ध गराएको छ। सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीले बैंकले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायतले विरामीको स्वास्थ्य उपचारमा ठूलो मद्द्त पुग्ने बताए।

बैकले यसअघि टेकु अस्पताल, विर अस्पताल, नेपाल प्रहरीको अस्पतालको साथै सबै प्रादेशिक अस्पतालहरुमा पीपीई, मास्क लगायतका सामान सहयोग स्वरुप उपलब्ध गराईसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .