इरानमा गएको २४ घण्टामा ३ हजार नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।
सोही अवधिमा इरानमा १४१ जना व्यक्तिले ज्यान गुमाएको मंगलबार इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै इरानमा कोरोना संक्रमितको संख्या ४४ हजार ६ सय ५ पुगेको छ। त्यहाँ २८ सय ९८ जनाको मृत्यु भइसककेको छ।
इरानमा हालसम्म १४ हजार ६६५ उपचारपछि स्वस्थ भएका छन्। इरान कोरोना भाइरसले सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो।
प्रतिक्रिया