ad ad

कारोबार


साना किसान लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा १० लाख सहयोग

साना किसान लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा १० लाख सहयोग

नेपालखबर
चैत १८, २०७६ मंगलबार १४:३५,

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको बैंकले जानकारी दिएको छ।

विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध राज्य लडिरहेको अवस्थामा विभिन्न संघ संस्थाहरुले सरकारलाई सहयोग प्रदान गरिरहेका छन्। कोरोनाका सम्भावित संक्रमितको परिक्षण, उपचार र रोकथामका लागि सरकारले सरकारी, अर्ध सरकारी, निजी र आम नागरिकलाई कोषमा सहयोग गर्न अनुरोध गरेको छ।

नेपालमा पनि कोरोना संक्रमित भेटिइसकेको अवस्थामा संस्थाले सबैलाई यसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेका निर्देशन र आव्हानहरुलाई राम्रोसंग पालना गरी सुरक्षित रहन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .