ad ad

कारोबार


भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक

गोकुल जोशी
चैत २७, २०७६ बिहिबार ११:३०,

 कञ्चनपुरमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस (कोभिड–१९) काे सम्भावित संक्रमण रोकथाम तथा न्युनिकरण गर्नका लागि शुक्रवारदेखि भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक लगाएको हो।

यहाँका कृषकहरुले उत्पादन गरेको स्थानीय तरकारी खेर गइरहेको तथा भारतबाट तरकारी तथा फलफुलसँगै मान्छेहरु भित्रिँदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिएका कारण सो कार्यमा रोक लगाइएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

स्थानीय उत्पादनलाई प्राथमिकता दिई बजारसम्म पुर्‍याउन सहजिकरण गरिने समेत प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .