ad ad

कारोबार


पर्सा सीमानाका हुँदै भारतबाट १ सय ५६ मालवाहक गाडी नेपाल भित्रिए

पर्सा सीमानाका हुँदै भारतबाट १ सय ५६ मालवाहक गाडी नेपाल भित्रिए

शैलेन्द्र महतो
चैत २७, २०७६ बिहिबार ११:३३,

प्रदेश २ को सीमानाकाबाट एक सय ५६ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन्।

बुधबार पर्साको वीरगञ्जस्थित इनरवा नाका हुँदै तरकारी र फलफूल बोकेका १९ वटा गाडी र ३९ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल प्रवेश गरेका हुन्।

पर्साकै एकीकृत भन्सार जाँच चौकी हुँदै ५३ वटा मालवाहक ट्रक, १७ वटा रिफाइन आयल, ३५ वटा टेलर तथा ४८ वटा एलपीजी ग्यास बोकेको बुलेट, एउटा मेसिनरी मालसमान बोकेको पिकअप र २ कन्टेनर गरी १ सय ५६ वटा मालवाहक गाडी भित्रिएको प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

यस्तै पर्साको सुखा बन्दरगाहमा रहेको ८७ वटा कन्टेनर, १२ वटा स्पोन्ज आइरन र २ मालवाहक ट्रक नेपाल भित्रिएको उनले बताए।

उनका अनुसार बुधबार र बिहीबार गरी चारवटा ट्यांकरसहित १ सय ४ वटा गाडी भारततर्फ गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .