ad ad

कारोबार


सेवा चुस्त राख्न क्लासिक टेकको 'कोभिड १९ फाइबर टास्क फोर्स'

सेवा चुस्त राख्न क्लासिक टेकको 'कोभिड १९ फाइबर टास्क फोर्स'

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ७:५१,

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले देश लकडाउनमा रहँदा कम्पनीले प्रवाह गरिरहेको इन्टरनेट सेवा चुस्त राख्न विशेष सावधानी अपनाएको छ।

कम्पनीले कोभिड १९ फाइबर टास्क फोर्स खडा गरेर बैंक, अस्पताललगायतका कर्पोरेट सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने, इन्टरनेटसम्बन्धी समस्या समाधान गरिरहेको हो।

कम्पनीका अनुसार यस्तो सेवा दिँदा स्वास्थ्य सुरक्षालाई मुख्य ध्यान दिइएको छ। फोर्समा खटिनेका लायग कम्पनीले सुरक्षा पोसाक र पर्याप्त सुरक्षा किटको प्रबन्ध मिलाएको जनाएको छ।

यसबाहेक सावधानीका उपायहरुबारे प्रशिक्षण समेत दिइएको छ। यसरी काम गर्ने कर्मचारीलाई कम्पनीले अफिसमा नै खाने र बस्ने सुविधा उपलब्ध गराएको छ।

लकडाउनमा हाल धेरै कम्पनीहरुले घरबाटै सम्भव भएसम्म काम गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .