ad ad

कारोबार


उडान प्रतिबन्धको असर २ वर्षसम्म, कम्पनीहरुलाई आर्थिक संकटबाट जोगिने चिन्ता

उडान प्रतिबन्धको असर २ वर्षसम्म, कम्पनीहरुलाई आर्थिक संकटबाट जोगिने चिन्ता

वसन्त अर्याल
चैत २८, २०७६ शुक्रबार ८:३५,

नेपालमा अप्रिल ३० सम्मको अन्तर्राष्ट्रिय उडान प्रतिबन्धले एयरलाइन्स कम्पनीलाई २ वर्षसम्म प्रभाव पार्ने भएको छ। कम्पनीहरुले अन्तर्राष्ट्रिय उडान खुले पनि जहाज कम्पनी सामान्य अवस्थामा आउन २ वर्ष लाग्ने बताएका हुन्।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएका एयरलाइन्स कम्पनी ठूलो आर्थिक संकटमा पर्ने समेत उनीहरुको भनाइ छ।

‘आफ्नो अस्तित्व कसरी जोगाउने भन्ने मुख्य चिन्ताको विषय हुन्छ’, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नेपालखबरसँग भने।

एयरलाइन्सहरुको विभिन्न प्रकारको सुरक्षामा सार्वजनिक स्वास्थ्य सुरक्षा पनि पर्छ। सबै यात्रुको स्वास्थ्य सुरक्षित राख्नु एयरलाइन्सको दायित्व हो।

‘संक्रमणको जोखिम हुँदासम्म हामिले अन्तर्राष्ट्रिय उडान गर्न सक्ने स्थिति रहँदैन’, उपाध्यक्ष श्रेष्ठले भने।

‘एयरलाइन्सको मुख्य खर्च एयरक्राफट कष्ट, कर्मचारीलाई तलब र विभिन्न शुल्कका कर हुन्’, श्रेष्ठले भने, ‘एयरलाइन्स सञ्चालन नहुँदासम्म सरकारले सबै करबाट मुक्त गराउनुपर्छ।’

उनले एयरलाइन्सहरुले बैंकबाट लिएको ऋण कसरी तिर्ने भन्ने स्पष्ट योजना आवश्यक भएकोले सरकारले ब्याज छुट गर्ने उपाय अपनाउनुपर्ने बताए।

उनका अनुसार ‘लोन पिरियड’लाई २ वर्ष विस्तार गर्ने योजना ल्याए कम्पनीहरुलाई केही राहत हुनेछ।

हवाइ सेवा उद्योग अन्य उद्योगको तुलनामा ‘फिक्स कष्ट’ उद्योगको रुपमा रहेको कम्पनीहरुको दाबी छ। जहाज उडान नहुँदा फिउल खर्चमात्रै जोगिए पनि अन्य खर्च यथावत् रहने कम्पनीहरु बताउँछन्।

यस्तो बेलामा एयरलाइन्सहरुले आफ्नो खर्च आफैँ धान्न सक्ने अवस्थामा नहुँदा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने कम्पनीहरुको माग छ। सरकार सहयोगी बन्दा मात्रै एयरलाइन्सको अस्तित्व र आर्थिक संकटबाट जोगिन सक्ने भएकोले उचित कदम चाल्ने अपेक्षा सरकारसँग गरेको कम्पनीहरुको भनाइ छ।

shree airlines

‘कोरोना संक्रमणको जोखिमका कारण लकडाउन बन्द हुँदा एयरलाइन्स कम्पनी मुख्य मारमा परेका छन्’, श्री एयरलायन्सका प्रबन्धक अनिल मानन्धरले नेपालखबरसँग भने, ‘सरकारले अहिलेसम्म हामीलाई राहत हुने प्याकेज ल्याउन सकेको छैन। हवाइ उद्योगीसँग छलफल गरेर प्याकेज ल्याउनुपर्छ।’

एयरलाइन्स कम्पनीको ऋण बढी हुँदा ब्याज र किस्तामा विशेष ध्यान दिनुपर्छ। ‘एयरलाइन्स १ महिना बन्द हुँदा अर्को १ वर्षमा भर्पाइ हुँदैन। तत्काल उडान खुले पनि पूरै सामान्य अवस्थामा आउन समय लाग्छ’, मानन्धरले भने।

उनका अनुसार हेलिकोप्टर कम्पनी सबैभन्दा बढी मारमा छन्। वसन्त ऋतुमा पर्यटक आगमनले हेलिकोप्टर कम्पनीलाई धानेका थिए। यो सिजनमा पर्यटक शून्य भएसँगै कम्पनीहरुको आम्दानी पनि शून्य नै भएको बताउँछन्।

‘ट्राभल कन्फिडेन्स’ हवाइ उद्योगको लागि महत्वपूर्ण
कोरोना संक्रमण फैलिन रोकियो भने पनि एयरलाइन्सहरु सामान्य अवस्थामा आउन समय लाग्ने सम्बद्ध व्यवसायी बताउँछन्।

‘अन्तर्राष्ट्रिय उडानको लागि ‘ट्राभल कन्फिडेन्स’ आवश्यक छ। स्वास्थ्य सुरक्षाको ग्यारेन्टी नभई मानिस घुम्न निस्किँदैनन्’, हिमालय एयरलान्सका उपाध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा आउने पर्यटक अग्रिम बुकिङ गरेर आउने भएकाले ‘ट्राभल कन्फिडेन्स’को लागि करिब २ वर्ष लाग्छ।’

उनका अनुसार जहाज चलाउनको लागि यात्रु हुनुपर्यो। त्यसको लागि पर्यटक आवतजावत हुनु आवश्यक छ। एयरलाइन्सले नाफा कमाउनको लागि विशेष गरी पर्यटन उद्योग राम्रोसँग चल्नुपर्छ।

एयरलाइन्समात्रै होइन, होटल, ट्रेकिङ एजेन्सीलगायत पर्यटन व्यवसाय चालू नहुँदा पनि लाग्ने करबाट मुक्त गराउनुपर्ने उनीहरुको भनाइ छ ।

लकडाउन अवधिभरको पार्किङ शुल्क नलिने प्रस्ताव
नेपाल नागरिक उड्डयन प्राधिकरणले लकडाउन अवधिको पार्किङ शुल्क नलिने प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा गएको छ।

CAAN1

‘हामीले लकडाउन अवधिभरको लागि विमानस्थलमा पार्किङ गरिएका जहाजको शुल्क छुट दिने प्रस्ताव पेश गरेका छौं’, प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने।

उनले विमानस्थलभित्र भएका व्यावसायिक स्थलको भाडा पनि छुट गराउने प्रस्ताव पेश भएको जानकारी दिए।

हिमालय एयरलाइन्सका श्रेष्ठले पार्किङ शुल्क एयरलाइन्स कम्पनीहरुको ठूलो खर्च नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .