ad ad

कारोबार


काठमाडौँका मुख्य सडक टल्किँदा चाबहिल–जाेरपाटी सडक किन बनेन?

काठमाडौँका मुख्य सडक टल्किँदा चाबहिल–जाेरपाटी सडक किन बनेन?

वसन्त अर्याल
बैशाख १, २०७७ सोमबार ८:१७,

काठमाडौंका धेरैजसो मुख्य सडक रङरोगनका कारण आकर्षक देखिएका छन्। सडक डिभिजन कार्यालय काठमाडौंले लकडाउनको समयमा ओभरले सकिएका सडकमा ‘रोड मार्किङ’ गरेको हो।

काठमाडौं डिभिजनअन्तर्गत पर्ने ४१ किमिमध्ये करिब ३१ किमि सडकमा मार्किङ सकिएको छ।

‘लकडाउनअघि कालोपत्रे भइसकेका लगभग सबै सडकमा मार्किङको काम भएको छ’, डिभिजन प्रमुख कुवेर नेपालीले भने, ‘अब पुरानो कालोपत्रे जहाँ रोडमार्किङ मेटिएको छ, त्यहाँ गर्ने छलफल भइरहेको छ।’

2Road painting lockdown

यो पनि
लकडाउनमा रूप फेरे काठमाडौंका सडकले (फोटोफिचर)

काठमाडौं डिभिजन कार्यालयले आफू मातहत पर्ने ४१ किमि चैतभित्र ओभरले गरिसक्ने लक्ष्य राखेर काम गरिरहेको थियो।

‘लकडाउनका कारण सबै कालोपत्र गर्न पाएनौँ। जति कालोपत्रे भएको छ, ती सडकको रङरोगन भएको छ’, नेपालीले भने।

सबै सडक चिटिक्क बन्दा चाबहिल–गौशाला किन बनेन?
सामाजिक सञ्जालमा काठमाडौंका धेरै सडक कालोपत्रे र रङरोगन हुँदा चाबहिल–गौशाला सडक किन नबनेको भन्दै धेरैले प्रश्न गरिरहेका छन्।

1Chabahil SankhuRoad

‘सबैतिर काम हुँदा धेरैले उक्त सडक खण्डको विषयमा प्रश्न गर्नुभएको छ’, नेपालीले भने, ‘लकडाउनको समयमा पनि त्यहाँ काम भइरहेको छ। १ हप्तामा पिच गर्न सक्ने अवस्थामा पुग्छौं।’

उक्त सडक खण्ड केही वर्षअघि मेलम्ची खानेपानी आयोजनाको पाइपलाइनको कारण बिग्रिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पन्छिने गरेको थियो। तर मेलम्चीको पाइपलाइन बिछ्याएर एकपटक कालोपत्रे गरे पनि उक्त सडक खण्ड धूलो र हिलोमुक्त हुनसकेको छैन।

‘खानेपानीको पाइप लिकेज (चुहावट)को कारणले त्यहाँ समस्या भएको हो। अहिले खानेपानी मन्त्रालय र भौतिक मन्त्रालयले संयुक्तरुपमा टेन्डर आह्वान गरेकोमा त्यसअनुसार डिजाइनमा भएको पाइप बिछ्याउने काम सकिएको छ’, नेपालीले भने ।

गौशाला–चाबहिल–चुच्चेपाटी र चाबहिल–गोपीकृष्ण गरी ‘वाई’ आकारको सडकमा अहिले पाइपलाइनको काम भइरहेको छ। करिब तीन किमि उक्त सडकखण्डमा पाइप बिछ्याइएपछि टेस्टिङको काम भइरहेको छ।

3Chabahil SankhuRoad

डिभिजन प्रमुख नेपालीका अनुसार लकडाउनको अवस्था भए पनि तीन/चार जनाले त्यो काम गरिरहेका छन्। एक हप्ताभित्र ‘प्रेसर टेस्टिङ’को काम पनि सम्पन्न हुनेछ।

उनले लकडाउन खुल्नेबित्तिकै बाटो पिच गर्न सक्ने अवस्थामा रहेको बताए।

‘लकडाउन खुल्यो भने त्यसको एक महिनाभित्र कालोपत्रै भइसक्छ। लकडाउन पनि खुलेन र काम गर्ने वातावरण भएन भने वर्षात् अघि नबन्न सक्छ’, उनले भने।

जोरपाटी–साँखुको सडकको विवाद कायमै
चाबहिल–बौद्ध–जोरपाटीको धेरै काम भए पनि जोरपाटी पुलसम्म पिचको काम बाँकी छ। जोरपाटीदेखि साँखुसम्म ह्विमपाइप राख्ने काम भइरहेको छ भने जोरपाटी–सुन्दरीजल सडक खण्डमा भने पर्खाल लगाउने काम नै अझै बाँकी छ।

जोरपाटी–साँखु खण्डको धेरै सडकको म्याद असार मसान्तसम्म मात्रै रहेको छ भने केहीको पुस मसान्तसम्म छ।

6Chabahil SankhuRoad

‘हामीले सडक बनाउनको लागि भौतिक संरचना नै हटाउन सकिरहेका छैनौँ’, सडक विस्तार आयोजना प्रमुख गुरु अधिकारीले भने, ‘जोरपाटी–साँखुखण्डको सीमामा पर्ने करिब ३० घर छन्।’

यो पनि
लकडाउनमा काठमाडौंका सडक चिल्ला भए, चाबहिल–साँखु मार्ग उस्तै (फोटोफिचर)

३० मध्ये ८ घरले सरकारसँग क्षतिपूर्ति लिइसकेका छन्। थली बजारमा ११ घरको मूल्यांकन भइसकेको छ। त्यसबाहेक उक्त सडक खण्डमा परेका ११ घरधनीले निवेदन नै दिएका छैनन्। निवेदन नदिई कति क्षतिपूर्ति हुने हो, नापजाँच गर्न नपाइएको अधिकारीको भनाइ छ।

12Chabahil SankhuRoad

उक्त सडकखण्डको घर मात्रै नभई जग्गा विवाद ठूलो रहेको छ। सरकारले सडक निर्माण गर्दा घर र जग्गा दुवै सकिने भए मात्रै मुआब्जा दिने बताउँदै आएको छ। तर स्थानीयबासीले घरको क्षतिपूर्ति तथा जग्गाको मुआब्जा दिनुपर्ने भन्दै अदालतमा मुद्दा हालेका छन्।

केही मुद्दा विचाराधीन छन् भने केहीमा मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न अदालतले आदेश दिएको छ।

सबै तस्बिरः प्रविन कोइराला/नेपालखबर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .