ad ad

समाज


सप्तरीमा लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीको लाठी प्रहार, वृद्धाको मृत्युपछि तनाव

सप्तरीमा लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीको लाठी प्रहार, वृद्धाको मृत्युपछि तनाव

नेपालखबर
बैशाख १, २०७७ सोमबार ८:३२,

सप्तरीको वीरपुरमा सोमबार लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले लाठी प्रहार गर्ने क्रममा तनाब बढेपछि त्यहाँ पुगेकी महिलामाथि समेत कुटपिट हुँदा एक वृद्धाको ज्यान गएको छ।

करिब ११ बजे खड्क नगरपालिका ६ स्थित वीरपुरमा घर बाहिर निस्किएका युवामाथी प्रहरीले लाठि प्रहार गरेको थियो।

प्रहरीले लाठि प्रहार गरेपछि त्यसो नगर्न भन्दै गएकी ६५ वर्षीया जैनव खाँतुनलाई समेत प्रहरीले लाठी प्रहार गरेको थियो।

प्रहरीको लाठी प्रहारकै कारण उनको ज्यान गएको वडाध्यक्ष भगवती प्रसाद चौधरीले नेपालखबरलाई बताए।

सप्तरी प्रहरीले भने वृद्धा ब्लड प्रेसरका कारण ढलेको जनाएको छ। घटनास्थलमा ढलेकी वृद्धालाई एडभान्स अस्पताल कल्याणपुरमा लगिए पनि त्यहाँ उपचार संभव नभएको भन्दै सगरमाथा अंचल अस्पताल राजबिराज पठाइएको थियो।

११ः५० बजे उपचारको क्रममा वृद्धाको मृत्यु भएको प्रहरीको दाबी छ। शव सगरमाथा अंचल अस्पताल राजबिराजमा राखिएको छ।

बृद्धाको मृत्युपछि स्थानीय र प्रहरीबीच तनाब बढेको छ। स्थानीयले प्रहरीको गाडी नियन्त्रणमा लिएका छन्।

प्रहरीको कुटपीटबाट वृद्धाको मृत्यु भएको भन्दै स्थानीयले अहिले त्यहाँ नारावाजी तथा विरोध गरिरहेको वडाध्यक्ष चौधरीले बताए।

उनका अनुसार प्रहरी र स्थानीय जनप्रतिनिधि र मृतकका आफन्तबीच छलफल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .