ad ad

कारोबार


लकडाउनकै दौडान २४ अर्ब डलर थपिएपछि बेजोस फेरि संसारकै धनी बने

लकडाउनकै दौडान २४ अर्ब डलर थपिएपछि बेजोस फेरि संसारकै धनी बने

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ११:२९,

अमेजनका संस्थापक तथा प्रमुख जेफ बेजोस पुनः संसारकै धनी बन्न पुगेका छन्। कोरोना भाइरसको महामारी नरोकिएकै बेला बेजोसको अनलाइन व्यवसाय फस्टाएपछि अमेजनको सेयर मूल्य उच्च बनेको छ। सेयर मूल्य बढेसँगै उनको सम्पत्ति थपिएको हो।

ब्लुमबर्ग अर्बपति सूचीअनुसार बेजोससँग १ खर्ब ३८ अर्ब अमेरिकी डलर सम्पत्ति छ। मानिसहरु घरमै बस्नुपर्ने बाध्यताको फाइदा अमेजनको अनलाइन व्यापारलाई पुगेको हो। अमेजनको व्यवसायमात्र हैन, हजारौँ कर्मचारी समेत थपिएको बीबीसीले जनाएको छ। यद्यपि कर्मचारीलाई यथोचित सुरक्षा प्रबन्ध नमिलाएको आरोप भने अमेजनमाथि लागिरहेको छ।

अमेजनमा बेजोसको ११ प्रतिशत सेयर छ। मंगलबार कम्पनीको सेयर ५.३ प्रतिशतले बढेको थियो। अमेजनबाहेक यो समयमा वालमार्टले पनि राम्रै कारोबार गरिरहेको छ। उसको पनि ५ प्रतिशतले सेयर बढेको छ। एउटा परिवारले सञ्चालन गरेको यो व्यवसाय फस्टाएसँगै वाल्टन परिवार संसारकै धनी परिवार बन्न सफल भएको छ। वाल्टनको सम्पत्ति १ खर्ब ६९ अर्ब डलर छ। त्यस्तै अनलाइन मिटिङ साइट जुमका संस्थापक एरिक युआनको सम्पत्ति झण्डै दोब्बरले बढेर ७ अर्ब ४० करोड डलर पुगेको छ।

ब्लुमबर्गका अनुसार यो वर्ष विश्वका ५ सय अर्बपतिले ५ खर्ब ५३ अर्ब डलर सम्पत्ति गुमाएका छन्। खासगरी तेल र ग्यास उद्योग क्षेत्रमा मूल्य घटेको छ।

बेजोसले सन् १९९५ मा अमेजन सुरु गरेका थिए। उनले त्यतिबेला १ लाख डलर लगानी गरेका थिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .