ad ad

कारोबार


कोरोनाको संक्रमण उच्च भएका देशका पर्यटक पनि स्वदेश फर्किए

कोरोनाको संक्रमण उच्च भएका देशका पर्यटक पनि स्वदेश फर्किए

वाशुदेव मिश्र
बैशाख ४, २०७७ बिहिबार ११:६,

पोखरामा बचेखुचेका विदेशी पर्यटकहरुले बिहीबार बाटो तताएका छन्। पर्यटन प्रहरी कार्यालय कास्कीले विभिन्न दूतावासहरुको समन्वयमा विभिन्न देशका २३ जना पर्यटकहरुलाई काठमाडौं पठाएको हो।

पोखरा छाडेकाहरुले शुक्रबार बेलायती चार्टर्ड विमानमार्फत आफ्नो देश टेक्नेछन्। बिहीबार पोखरा छाड्नेमा फ्रान्सका १०, बेलायतका ७ जनासहित टर्की, अमेरिका र स्विडेनका नागरिकहरु रहेका छन्।

paryatak-pokhara2.jpg

अहिलेसम्म ८६७ जना विदेशी पर्यटकहरुलाई पोखराबाट उद्दार गरिएको र अब पोखरामा नेपालमै बस्न चाहने केही पर्यटकहरुमात्रै रहेको पर्यटन प्रहरी कार्यालय पोखराले जनाएको छ।

कोरोनाले आफ्नो देशलाई गाँजेको बेला पनि उनीहरु देशकै मायाले स्वदेश फर्किएका हुन् भने राज्यले समेत आफ्ना नागरिकलाई फर्काउने व्यवस्था मिलाएको हो।

paryatak-pokhara3.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .