सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोग गरेको छ। आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले सो सहयोग हस्तान्तरण गरेको हो।
बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले सो पीपीई रुकुमका श्रीकुमार कठायतलाई हस्तान्तरण गरेका हुन्। साथै बैंकले कोभिड–१९ को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच पाँच लाख र संघीय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ।
प्रतिक्रिया