ad ad

कारोबार


डिशहोमको मेगा लक्की ड्रमा १० जनाले जिते जनही १ लाख नगद

डिशहोमको मेगा लक्की ड्रमा १० जनाले जिते जनही १ लाख नगद

नेपालखबर
जेठ ११, २०७७ आइतबार ६:२७,

डिशहोमले डिशहोममा डिलर दाइको डिस्काउन्ट नामक योजनाअन्तर्गत २०७६ चैत ७ गतेदेखि २०७७ जेठ ८ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ।

योजनाअनुसार जेठ ९ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजनाअनुसार १० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद प्राप्त गरेका हुन्।

मेगा लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आईडी नं. ७१९१३३००७९५, ०२५१९२२९२३४, ७१९०३३९३८००, ०२५५८११४७०९, ७१९१२४०१५११, ७१९०७४७९५०६, ७१९१३३५०९६४, ७१९०८१६६५७३ ७१९०५८५१५८१, ०२५१९२४५७५२ लाई विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ।

विजेताहरुलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद उपहार प्रदान गरिनेछ। कम्पनीका अनुसार आउने लाइभ लक्की ड्र यही जेठ १६ गते शुक्रबार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने डिशहोमको भनाइ छ।

कम्पनीका अनुसार २०७७ जेठ ९ गते शुक्रबारदेखि जेठ १५ गते बिहीबारसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई जेठ १६ गतेको लाइभ लक्की ड्रमा समावेश गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .