ad ad

कारोबार


भक्तपुरको राधे राधेमा कामना सेवाको ९३औँ शाखा

भक्तपुरको राधे राधेमा कामना सेवाको ९३औँ शाखा

नेपालखबर
असार २७, २०७६ शुक्रबार १०:४५,

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको मध्यपूर ठिमी नगरपालिका–२६ स्थित राधे राधेमा आफ्नो ९३औँ शाखा कार्यालय स्थापना गरेको छ।

बैंकका अध्यक्ष सुदिप आचार्य, सञ्चालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले शुक्रबार संयुक्त रुपमा कारोबार सुभारम्भ गरे। यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९३ वटा शाखा तथा ४४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .