काठमाडौँको मूलपानीमा पक्की घरको पर्खाल भत्कँदा तीन जनाको मृत्यु भएको छ।
बारा घर भइ कागेश्वर मनहरा नगरपालिकामा ज्यामी काम गर्न आएका उनीहरु बन्दै गरेको पक्की घरसँग जोडेर टहरो बनाएर बसेका थिए। उनीहरुले टहरो बनाएकै स्थानमा घरको पर्खाल ढलेर च्यापिएको महानगरी प्रहरी वृत्त बौद्धले जनाएको छ।
नेपालखबरसँग कुरा गर्दै बौद्ध वृत्तका डीएसपी नरेन्द्र चन्दले बन्दै गरेको घरको पर्खाल भत्केर उनीहरू बसेको टहरोलाई अठ्याउँदा उनीहरुको मृत्यु भएको बताए।
मृत्यु हुनेमा बाराकी ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया निमु यादव र १० वर्षीय कुन्दन यादव रहेका छन्।
दुई दिनदेखि लगातार रुपमा भएको वर्षाका कारण देशभर थुप्रै मानवीय र भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया