ad ad

कारोबार


लकडाउनपछि हवाइ यात्रा गर्नेले पालना गर्नुपर्नेछ यी १० नियम

लकडाउनपछि हवाइ यात्रा गर्नेले पालना गर्नुपर्नेछ यी १० नियम

वसन्त अर्याल
जेठ २१, २०७७ बुधबार ७:५३,

गत वर्ष चैत ११ को लकडाउनसँगै बन्द भएका विमानस्थलहरुले कोभिड १९ को जोखिम न्यूनीकरण गर्दै सञ्चालन गर्नसक्ने तयारी गरेका छन्।

पूर्वाधारअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको मापदण्डअनुसार विमानस्थलहरुले उडानको तयारी पूरा गरेका हुन्।

प्रधिकरणले देशैभर यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै एयरपोर्ट सञ्चालनका लागि तयार रहेको बताएको छ।

‘उडान कहिले खुल्छ मन्त्रिपरिषदले गर्ने निर्णय हो’, प्राधिकरणका उपनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘सबै एयरपोर्ट स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सञ्चालनका लागि तयार छन्।’

Airport social distancing1

सरकारले सुरुमा आन्तरिक उडान खोल्ने तयारी गरेको छ। छिमेकी मुलुक भारतलगायत धेरै देशले आन्तरिक उडान खुला गरिसकेकाले नेपालले पनि खोल्ने तयारी गरेको हो।

सरकारले तत्काल नै विदेशमा अलपत्र परेका २५ हजार नागरिक हवाइ उडानमार्फत नेपाल फर्काउने तयारी गरेको छ। त्यसबाहेक वैदेशिक रोजगारी गएका लाखौं नेपाली स्वदेश फर्किन चाहेका छन्। सम्भव भएसम्म ल्याउने तयारी गरिरहेको सरकारले बताइरहेको छ।

Airport social distancing2

आन्तरिक उडान वा विदेशमा रहेका नेपाली यात्रा गर्दा कोरोना संक्रमण नफैलियोस् भनेर एयरपोर्ट सञ्चालन मापदण्ड कडा रुपमा लागू गर्नुपर्ने विज्ञहरुको राय छ।

त्यसैअनुसार अब विमानस्थलमा यात्रुहरु पहिलाजस्तो स्वतन्त्र हुन पाउनेछैनन्। उनीहरुले विमानस्थलले बनाएको नियम पूर्णरुपमा पालना गर्नुपर्नेछ।

Airport social distancing3

उडान खुलेपछि सबै यात्रुले अनिवार्य पालना गर्नुपर्ने यी हुन् १० मुख्य नियम — 

१. विमानस्थलमा यात्रुबाहेक अरुलाई प्रवेशमा निषेध गरिएको छ।

२. विमानस्थल प्रवेश गर्नुअघि सबैले अनिवार्य मास्क लगाएकै हुनुपर्नेछ।

३. यात्रुले विमानमा प्रवेश गर्दा वा बाहिरिँदा ‘स्यानिटाइजर टनेल’को प्रयोग गर्नुपर्नेछ।

४. टर्मिनल भवन छिर्नुअघि र जहाज चढ्नुअघि यात्रुको दुईपटक ज्वरो (तापक्रम) जाँचिनेछ।

५. त्रिभुवन विमानस्थलमा भएको हेल्थ डेस्कले नेपाल आगमन गर्ने सबै यात्रुको थर्मल गन र थर्मल क्यामेराबाट स्क्यानिङ गर्नेछ।

६. यात्रुहरु जहाज चढ्न जाँदा वा जहाजबाट झरेपछि सामाजिक दूरी कायम गर्दै हिँड्नुपर्नेछ।

७. काउन्टरमा कुराकानी गर्दा एक अर्काको दूरी कायम राख्नु अनिवार्य गरिएको छ।

८. यात्रुहरुको आफू कहाँका हो, कहाँ जाँदै छु, सम्पर्क नम्बरलगायत सबै विस्तृतमा फारममा भर्नुपर्नेछ। यात्रा गरेको जहाजमा कोरोना संक्रमित भेटिए सरकारलाई आवश्यक पर्दा टे«सिङ गर्न मद्दत पुग्नेछ।

९. यात्रुहरुले आफ्नो स्वास्थ्य रिपोर्टसहित आफ्नो अवस्थाको बारेमा फारममै उल्लेख गर्नुपर्नेछ।

१०. एयरपोर्टभित्र लाइन बस्दा वा विश्राम गर्दा एउटा स्थान छोडेर बस्नुपर्नेछ। लाइन बस्नको लागि रेखाकंन गरिएको छ भने आराम गर्दा कुन सिटमा बस्ने कुनमा नबस्ने पनि लेखिएको छ।

Airport social distancing4
Airport social distancing5
Airport social distancing6
Airport social distancing7
Airport social distancing8

सबै तस्बिर : प्रविन कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .