यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोना भाइरसको प्रकोपपछि स्थगित गरिएको छ।
सेप्टेम्बर महिनामा यस वैठक हुने जनाइएको छ। ट्रम्पले केही समय अगाडि सम्मेलनमा भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि निमन्त्रणा गर्ने जानकारी दिएका थिए।
भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलिया जी७ मा आवद्ध राष्ट्र भने होइनन्। टाइम्स अफ इन्डियामा अनुसार मोदीले ट्रम्पबाट जी७ सम्मेलनको निम्तो पाएका छन्।
Had a warm and productive conversation with my friend President @realDonaldTrump. We discussed his plans for the US Presidency of G-7, the COVID-19 pandemic, and many other issues.
— Narendra Modi (@narendramodi) June 2, 2020विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु संयुक्तराज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा जि७ मा सदस्य राष्ट्र हुन्।
टाइम्स अफ इन्डियाका अनुसार मोदी र ट्रम्पबीच मंगलबार राति २५ मिनेट कुराकानी भएको थियो। दुवैबीच भारत र चीनबीचको सीमा विवाद, कोरोना महामारी, डब्लूएचओले गर्नुपर्ने सुधार र अमेरिकामा जारी आन्दोलनको बारेमा कुराकानी भएको थियो।
प्रतिक्रिया