ad ad

कारोबार


अब खल्तीमार्फत मोबाइल खातामै रेमिट्यान्स

अब खल्तीमार्फत मोबाइल खातामै रेमिट्यान्स

नेपालखबर
असार १२, २०७७ शुक्रबार १०:५०,

विज्ञान तथा प्रविधिमा आएको परिवर्तनले अब विदेशको कमाई सिधै मोबाइलमा पठाउन सहज भएको छ। खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट मोबाइलमा नै विप्रेषण भित्र्याउन थालेको जनाएको छ।

सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सिधै विप्रेषण भित्र्याउन थालेको हो।

खल्तीले यी दुई मुलुकबाट मोबाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा शुरु गरेपछि नेपालमा रकम प्राप्त गर्ने व्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर विप्रेषण कम्पनीको एजेन्ट कहाँ रकम झिक्न धाउनुपर्ने झञ्झटसमेत अन्त्य भएको छ।

जापानमा रहेका नेपालीले सिटी एक्सप्रेस मनी ट्रान्सफरको नजीकैको एजेन्ट कहाँ गएर सिधै नेपालमा आफन्तको खल्ती मेबाइल खातामा सिधै रकम पठाउन सक्नेछन्। उता कोरियाबाट भने रकम पठाउन चाहनेले मेबाइल एपबाटै ट्रान्सफर गर्न सक्ने भएका छन्। त्यहाँ रहेका नेपालीले जी मनीका तीन वटा शाखामा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन्। सिटीको जापानमा टोकियो सिन्जुकु, नागोया, फुकुओका र तेचिगीमा शाखा रहेका छन्।

यस्तै जी रेमिटका कोरियामा सोललगायत विभिन्न तीन शहरमा शाखा छन्। सिटी एक्स्प्रेसका व्यवसाय विकास प्रबन्धक सागर खनालका अनुसार विभिन्न मुलुकबाट स्थानीय विप्रेषण कम्पनीसँग सहकार्य गरेर विप्रेषण भित्र्याइरहेकामा जापान र कोरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत विप्रेषण भित्र्याउन थालेको हो।

विश्वभर लकडाउनले घरबाहिर निस्कन नसकिरहेको अवस्थामा मोबाइलबाटै खल्तीमा विप्रेषण पठाउन सकिने व्यवस्थाले विदेशमा रहेका नेपालीलाई धेरै सहज भएको उनले जानकारी दिए।

खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट विप्रेषण ल्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाई निकै सहज हुने बताउँछन्। मोबाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनाका साथै फजुल खर्च हुने सम्भावनासमेत कम हुने बताइन्छ। खल्ती नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। यसका प्रयोगकर्ताको सङ्ख्या १३ लाखभन्दा बढी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .